२०८१ फागुन ३०, शुक्रबार

कावासोती नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरलाई

  • बिष्णु गौडेल
  • २०८० भाद्र २१, बिहिबार
कावासोती नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरलाई

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालित प्रथम कावासोती नकआउट फुटवल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले जितेको छ । फाइनल खेलमा देवचुली नगरपालिका खेलकुद समितिलाई २ का विरुद्ध ४ गोल गर्दै अभिषेक चर्च रजहरले उपाधी जितेको हो ।


प्रथम भएको अभिषेक चर्च रजहरले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडेल र प्रमाणपत्र हात पारेको छ । उपविजेता भएको देवचुली नगरपालिका खेलकुद समितिले नगद ६६ हजार छ सय ६६ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अभिषेक चर्च रजहरका सबिन श्रेष्ठ, सर्वाधिक गोलकर्ता अभिषेक चर्च रजहरका बिक्की राई, उत्कृष्ट गोलरक्षक अभिषेक चर्च रजहरकै रबिन बस्नेत भएका छन् ।
जिल्लाका १२ वटा क्लवले भाग लिएको प्रतियोगिता अठ्ठाइस विगाहा युवा क्लव कावासोती ३ ले आयोजना गरेको थियो ।

 

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस