२०८१ चैत्र १, शनिबार

हुप्सेकोटमा तस्करको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते

  • बिष्णु गौडेल
  • २०८० भाद्र १९, मंगलबार
हुप्सेकोटमा तस्करको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते

हुप्सेकोट(नवलपरासी),१९ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नदी जन्य पदार्थ चोरी गर्न गएको समुहको आक्रमण वाट नगरप्रहरी गम्भीर घाइते हुनुभएको छ ।
अवैध ढुंगा गिटी चोरी नियन्त्रणका लागि गएराती गिरुवारी खोलामा ड्युटीमा खटिनु भएकी नगरप्रहरी जवान यममाया मल्ललाई तस्करहरुले ढुंगाले हानेर गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
“हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार जना नगरप्रहरीलाई देख्ना साथ तस्करहरुले आक्रमण गरेका थिए” उहाँले भन्नु भयो “आक्रमणमा परि अर्का नगरप्रहरी सुजन महतो पनि घाइते भएका छन् उनले टाउँकोमा हेल्मेट लगाएकाले गम्भिर चोट लाग्न पाएन् । ”
घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाज मार्फत न्युरो अस्पताल काठमाडौँ लगिएको छ । नगरप्रहरीहरुलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनु भयो । “आक्रमणमा सामेल एक जना फरार रहेका छन्,खोजी कार्य जारी छ”उहाँले भन्नु भयो ।
हुप्सेकोट गाउँपालिकाले गत जेठ देखि यममाया मल्ल सहित सात जनालाई नगरप्रहरी नियुक्त गरेको थियो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस