२०८१ चैत्र २०, बुधबार

सरकारले तीन दिन संविधान दिवस मनाउने

  • बिष्णु गौडेल
  • २०८० भाद्र १७, आईतबार
सरकारले तीन दिन संविधान दिवस मनाउने

सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका हुन्।

उनका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ।

असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन्।

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताए।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस