२०८१ चैत्र १, शनिबार

करेन्ट लागेर वृद्धको मृत्यु

  • बिष्णु गौडेल
  • २०८० अषाढ १८, सोमबार
करेन्ट लागेर वृद्धको मृत्यु

मध्यविन्दु,१८ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १४ मा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ ।
स्थानीय ७४ वर्षीय वृद्ध मानविर सोमैको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार गोठालो गएर फर्कने क्रममा गोरे भञ्ज्याङ भन्ने स्थानमा भुईमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर सोमैको मृत्यु भएको हो ।
मृतक सोमैको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस