२०८१ चैत्र ५, मंगलबार

विनयी त्रिवेणीमा बाघको आक्रमणबाट एकजना घाइते

  • बिष्णु गौडेल
  • २०८० जेष्ठ १, सोमबार
Post Thumbnail

नवलपुर । नवलपरासी पूर्व नवलपुरका विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, तल्लो पिदारीमा बाघको आक्रमणबाट एकजन घाइते भएका हुन् ।पाठकका अनुसार मणि मुकुन्द सामुदायिक वनमा वनको रेखदेखको लागी खटिएका वनपाले ४० वर्षीय योग बहादुर पल्लिलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट खुट्टामा चोट लागेको उहाँको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । बाघको आक्रमणबाट घाइते योग बहादुरलाई स्थानीयले देखि उद्धार गरेका थिए। उहाँलाई आइतबार साँझा बाघले आक्रमण गरेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस