२०८१ फागुन ३०, शुक्रबार

नगरका कोपिला बाल साहित्यिक पत्रिका विमोचन

  • बिष्णु गौडेल
  • २०७९ पौष २८, बिहिबार
नगरका कोपिला बाल साहित्यिक पत्रिका विमोचन

मीना कंडेल, कावासोती, पुस २८ गते,

बालबालिकाको क्षमता प्रस्फुटन गराउन कावासोती नगरपालिकाले प्रकाशन गर्दै आएको नगरका कोपिलाको तेस्रो अङ्क विमोचन गरिएको छ । कावासासोती नगरपालिकाको १२ औ नगरसभामा नगरका कोपिला नामक बाल साहित्यिक पत्रिकाको तेस्रो अङ्क विमोचन गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णु भुषालले नगरका कोपिलाको विमोचन गर्नुभएको हो । “ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शतिm संसारमा कहिल्यै हुदैन विफल” भन्ने यस अकंमा विद्यार्थीलाई प्राथमिकता दिइएको छ । बाल साहित्यले बालबालिकाको ज्ञानको क्ष्तििजलाई फराकिलो बनाउने हुदा सिर्जनशीलताको विकासमा कोशे ढुंगा साबित हुने नगर प्रमुख भुसाल ले बताउनु भयो । साहित्यिक पत्रिकाले बालबालिकाको क्षमता विकासमा सहयोग पुर्याएको बताउनुभयो । बालबालिकाको सवालमा नगरपालिका संवेदनशिल रहेको बताउँदै नगरपालिकालाई बालमैत्री बनाउन आवश्यक सूचकहरूमा कसरी काम गर्ने भन्ने विषयमा सबैले मिलेर लागे बालमैत्री नगरपालिका निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै कावासोती नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले नगरका कोपिलाले सिर्जनशीलताको विकासमा ठूलो सहयोग पुगेको बताउनुभयो । पछिल्लो समय विद्यालयहरूमा भौतिक विकास राम्रो भएपनि सिर्जनशीलतामा कमि आएको हो कि भन्ने देखिएकाले नगरका कोपिलाले सिर्जनशिलतामा सहयोग पुर्याउने उहाँले बताउनुभयो । नगर श्रोत शिक्षक तीर्थ कंडेलले सहजिकरण गरेको विमोचन कार्यक्रममा जनप्रतिनिधि ,बालसंजालमा आवद्ध पदाधिकारी, सदस्य, बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस