२०८१ चैत्र १, शनिबार

कावासोती नगरपालिकालाई बाल मैत्री नगर वनाउने अभियान जारी

  • बिष्णु गौडेल
  • २०७९ मंसिर १८, आईतबार
कावासोती नगरपालिकालाई बाल मैत्री नगर वनाउने अभियान जारी

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकालाई बालमैत्री घोषणा गर्नको लागि वार्ड वार्डमा बाल अधिकार एवं बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी रहेको छ । वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम नगरपालिका भित्रका १७ वटै वडामा सञ्चालन गरिएको छ ।
कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम र कावासोती नगरपालिका सामाजिक बिकास शाखा र वार्ड कार्यलयको समन्वयमा कार्यक्रमहरु वार्ड वार्डमा जारी रहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वार्ड भित्रका बाल क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
कावासोती नगरपालिकाले यो आर्थिक बर्षमा कम्तिमा पनि दुई वटा वार्डलाई बालमैत्री घोषणा गर्ने गरि वार्ड लक्षित कार्यहरु अगाडि वढाएको नगरप्रमुख विष्णु भुसालले वताउनु भयो । “वार्ड वार्डलाई हरेक हिसाबले नमुना गराउनको लागि सवै पक्षको समुचित बिकासमा ध्यान दिएको छ” नगर प्रमुख भुसालले भन्नु भयो “यसको लागि बालबालिकाहरुको रचनात्मक साथ र सहयोगको लागि समेत अनुरोध गर्दछु ।”
जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने बताउनु भयो । बालबालिकाले अधिकार सँगै कर्तव्य पालना गर्न समेत लाग्नु पर्नेमा शर्माले जोड दिनु भएको थियो । नेपाल सरकारले स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नु पर्ने कार्यबिधि जारी गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस