२०८१ फागुन ३०, शुक्रबार

यात्रु बाहाक सवारीमा भाडा दर नटास्ने देखि वढि सिट राख्ने समस्या

  • बिष्णु गौडेल
  • २०७९ आश्विन १०, सोमबार
Post Thumbnail

नवलपरासी पुर्वमा यात्रु बाहाक सवारी साधनले भाडा दर नटास्ने देखि अनुमती भन्दा वढि सिट संख्या राख्ने गरेको पाईएको छ । पूर्व पश्चिम राजमार्गको कावासोतीमा सोमबार प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलिले यात्रु बाहाक सावारी साधनहरुको अनुगमन गर्दा कुनै पनि सवारी साधनले भाडादर टासेको नपाइएको हो । त्यसैगरी अधिकाशं यात्रुवाहक सवारीले अनुमति लिएको सिट संख्यामा थप गरि सिट निर्माण गरेको पाइएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ चल्ने यात्रु बाहाक सवारी साधनले वढि भाडा लिने गरेको, सवारी साधनमा फोहर फाल्ने डस्वीन नराखेको , बस्ने सिट फोहर भएको, क्षमता भन्दा वढि यात्रु राखेको अनुगमनका क्रममा पाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वताउनु भयो । “नेपाल सरकारले दिएको निर्देशन अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना वनाएर जिल्लाको चार स्थानमा यात्रु साहायता कक्ष निर्माण गरिएको छ” ,प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नु भयो “यात्रुहरुको समस्या प्रत्यक्ष वुझनका लागी आकस्मिक रुपमा सडकमै अनुगमन एवम् निरीक्षण गर्ने क्रममा जिल्लाको विभिन्न स्थानमा चेक जाचँ निरन्तर भई रहेको छ ।”यातायात व्यवस्था सम्बन्धी नियम उङलघन गर्ने सवारीहरुलाई कागजपत्र राखेर २४ घण्टा भित्र यातायात कार्यालय आउन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवस्था कार्यालय सहितको सयुक्त अनुगमनलाई जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस