हुप्सेकोट गाउँपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई निस्सा बितरण सुरु गरिएको छ । गाउँपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत प्रविष्ट सकिएकाले निस्सा वितरण सुरु गरिएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो । वडा नम्वर २ वाट औपचारिक कार्यक्रम गरि निस्सा वितरण कार्य सुरु गरिएको हो ।
अव क्रमश: सवै वडाहरुमा निस्सा वितरण गरिने अध्यक्ष पाण्डेले बताउनु भयो । वडा नम्वर २ मा लगत प्रविष्ट भएका ५ सय ५१ परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
हुप्सेकोट गाउँपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरि २६ सय जनाको लगत प्रविष्ट गरिएको जनाइएको छ । गाउँपालिकाको ६ वटै वडाहरुमा निस्सा वितरण गरि सके पछि जग्गाको नापजाँच सुरु हुने जनाइएको छ ।
लामो समय देखि जग्गा भोग गरी आएका तर भोगाधिकार नपाएका नागरिकहरुलाई सहज तरिकाबाट लालपुर्जा वितरण गर्ने कार्यमा गाउँपालिका प्रतिवद्ध रहेका अध्यक्ष पाण्डेले बताउनु भयो ।
केहि दिन अघि मात्रै राष्ट्रिय भूमि आयोग नवलपरासी पूर्वले पुर्णता पाएसँगै गाउँपालिकाले भूमि सम्बन्धी कार्यलाई तदारुक्ताका साथ अगाडि वढाउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । राष्ट्रिय भूमि आयोग नवलपरासी पूर्वका अध्यक्ष तारापति खरेल सहितको टोलिले गाउँपालिकामा सकुम्बासी समस्या समाधान सम्बन्धमा छलफल समेत गरेको थियो । पालिका स्तरवाट गर्नुपर्ने कार्यहरु अन्तिम चरणमा पुगेकाले सुकुम्वासी को लालपुर्जा सम्वन्धी काम छिट्टै सकिनेमा आसावादी रहेको अध्यक्ष पाण्डेले वताउनु भयो ।