२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोट गाउँपालिकाको बजेटमा शिक्षालाई प्राथमिकता (पुर्ण पाठ सहित)

  • बिष्णु गौडेल
  • २०७९ अषाढ ११, शनिबार
हुप्सेकोट गाउँपालिकाको बजेटमा शिक्षालाई प्राथमिकता (पुर्ण पाठ सहित)

हुप्सेकोट गाउँपालिकाको गाउसभाबाट पारित भएको आउदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा शिक्षा लाई विशेष प्राथमिकता दिइएको छ । गाउँपालिकाले आगामि आर्थिक वर्षमा शिक्षामा सशर्त बाहेक कुल बजेटको २०.७५ प्रतिशत रकम विनियोजन गरेको छ । आगामि आर्थिक वर्षका लागि हुप्सेकोट गाउँपालिकाले सशर्त सहित ५९ करोड ४३ लाखको बजेट पारित गरेको छ । सशर्त वाहेकको कुल बजेट ४० करोड १८ लाख मध्य ८ करोड ३४ लाख बजेट शिक्षामा राखेको छ । माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गरी विधालय तह पुरा गर्दा कम्तिमा एउटा सीपमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने नीति अवलम्वन गरीने गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो ।
गाउँपालिका भित्रका सवै सामुदायिक विधालयमा व्यवस्था गरिएको स्वयंसेवक शिक्षकहरुलाई गाउपालिका शिक्षकको रुपमा परिणत गरीने भएको छ । त्यसैगरी गाउँपालिकाबाट उच्च शिक्षा हासिल गर्न अन्य स्थानीयतहमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न विभिन्न विश्व विधालयहरुसंग समन्वय गरी क्याम्पस स्थापना गर्न आवश्यक पहल गरिने भएको छ । न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्ष प्रदान गर्ने उद्धेश्यले स्थापना गरिएको हुप्सेकोट प्राविधिक शिक्षालयलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाई देशका विभिन्न क्षेत्रबाट प्राविधिक शिक्षा हासिल गर्न आउने विधार्थीहरुलाई आवास सहितको गुणस्तरीय शिक्षा प्रदान गर्न छात्रावास सहितको सुबिधा सम्पन्न शिक्षालय भवनको निर्माण गरिने लक्ष राखिएको छ । विधालयमा अध्ययनरत विधार्थीहरुलाई आत्मनिर्भर एवम् उधमशिल वनाउने ज्ञान र सीप प्रदान गर्न विधालयसंगको सहकार्यमा पढदै कमनाउदै कार्यक्रम सञ्चालन गरिने गाउपालिका अध्यक्ष पाण्डेले वताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस