२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोट गाउँपालिकाले ल्यायो ५९ करोड ४३ लाखको बजेट

  • बिष्णु गौडेल
  • २०७९ अषाढ ११, शनिबार
हुप्सेकोट गाउँपालिकाले ल्यायो ५९ करोड ४३ लाखको बजेट

हुप्सेकोट गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड ४३ लाखको बजेट ल्याएको छ । हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह रानाले प्रस्तुत गर्नु भएको ५९ करोड ४३ लाखको बजेट सर्वसम्मतले पारित भएको छ । प्रस्तुत बजेटमा शिक्षामा ३ करोड ५० लाख, स्वास्थ्यमा ५० लाख, खानेपानी तथा सरसफाईमा १७ लाख ,युवा तथा खेलकुदमा २५ लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी गाउँपालिका स्तरीय सामाजिक विकास कार्यक्रमका लागि ६ करोड ९५ लाख ८१ हजार, वन वातावरण तथा विपद तर्फ १ करोड १४ लाख रकम विनियोजन भएको छ । पुर्वाधारण विकास तर्फ १४ करोड ९१ लाख रकम विनियोजन गरिएको छ । पशु विकास कार्यक्रत तर्फ ५० लाख, कृषि विकास कार्यक्रम तर्फ ५० लाख गरि आर्थिक विकास कार्यक्रम तर्फ कुल २ करोड रकम विनियोजन गरिएको छ । पारित बजेटमा संस्थागत विकास तर्फ १ करोड २७ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६ करोड ८२ लाख , लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम तर्फ २० लाख, धर्म संस्कृति तर्फ २५ लाख रकम विनियोजन गरिएको छ । हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउसभाको प्रथम अधिवेशनमा गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष पुर्ण सिंह रानाले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक सर्वसम्मतले पारित भएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस