२०८१ चैत्र १, शनिबार

मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन हुने

  • बिष्णु गौडेल
  • २०७९ बैशाख २६, सोमबार
मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन हुने

मध्यविन्दु नगरपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सत्र २०७९ देखि लागि हुने गरि आधारभूत तहमा कक्षा १ देखि ८ सम्म लागू हुने तर कक्षा ५ र ८ मा भने यसवर्ष लागु नहुने भएको छ । कक्षा ५ र ८ मा भने आगामी शैक्षिक वर्ष २०८० देखि लागु गरिने मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । यदि कुनै विद्यालयले स्थानीय पाठ्यक्रम हाम्रो मध्यविन्दुको सट्टामा अन्य कुनै पाठ्यपुस्तक प्रयोग गरिएमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त पाठ्यक्रम कार्यान्वयन सम्बन्धी शिक्षक तालिम भने जेष्ठ महिनाको दोस्रो सातामा संचालन गरिने पाण्डेले बताउनुभयो । यस हाम्रो मध्यविन्दु नामक पाठ्यक्रम अध्ययन अध्यापन पश्चात  कक्षा १, २, ३,४, ६ र ७ का बारेमा विद्यार्थीले नगरभित्रका गतिविधि तथा नगरको संरचना सम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्ने विश्वास लिइएको मध्यविन्दु नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस