२०८१ फागुन ३०, शुक्रबार

आवश्यक परे स्वतन्त्र रुपमा चुनावमा लड्छौः अध्यक्ष प्रचण्ड

  • बिष्णु गौडेल
  • २०७९ बैशाख ३, शनिबार
आवश्यक परे स्वतन्त्र रुपमा चुनावमा लड्छौः अध्यक्ष प्रचण्ड

नवलपुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा मात्रै होइन प्रदेश र संघमा पनि गठबन्धन हुने दावि गर्नुभएको छ ।
देवचुली नगरपालिकाको दलदलेमा भएको राजनैतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेर स्थानीय तह चुनाव लड्नु परेको बताउनुभयो ।
केन्द्रिमा पनि स्थानीय तहमा मात्रै होइन संघ र प्रदेशमा गठबन्धन गरेर चुनाव लड्नेमा प्रस्ट भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धन सहज नभएको स्वीकार गर्दै आवश्यक परे स्वतन्त्र रुपमा पनि प्रतिस्पर्धा गर्ने बताउनुभयो । तर सकभर गठबन्धन गरेर नै चुनावमा जाने योजना रहेको बताउनुभयो ।

अहिले गठबन्धनमा रहेका सबै दलहरुलाई जितजित हुने तरिकाले चुनावी एजेण्डा बनेको भन्दै उम्मेदवार छनोटको प्रक्रिया सोहि अनुसार अगाडि बढेको बताउनुभयो ।
तीन वर्ष अघि सहारा पार्टी प्यालेसमा नै प्रशिक्षण गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जिल्लामा माओवादी केन्द्रको राजनैतिक इतिहासलाई असर हुने काम नगर्न आग्रह गर्नुभएको थियो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस