मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले नगर भित्रका सबै नागरीकको समान हैसियत वनाउन आफुहरु लागि परेको वताउनु भएको छ । मध्यविन्दु नगरपालिका वडा नम्वर ८ का दलित समुदायका लागि आयोजित नेतृत्व विकाश एवम् उद्घोषण कला तालिममा वोल्नुहुदै नगर प्रमुख रानाले वर्ग,क्षेत्र र जातका आधारमा हुने विभेद अनत्यका लागि मध्यविन्दु नगरपालिका सधै कृयाशिल रहेको वताउनु भएको हो । समाजमा अझै पनि जातिय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि सचेतना मुलक कार्यक्रमका साथै बिभेदमा परेका समुदायको क्षमता अभिवृद्धिका लागि प्रत्यक वडाहरुमा कार्यक्रम गरिएको नगर प्रमुख रानाले वताउनु भयो । त्यसैगरी कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पर्शुराम महतोले वडा भित्रका सवै नागरीकको समान सहभागिताका लागि समान चेतना स्तर विकाश गर्नु आवश्यक रहेको वताउनु भयो । वडाका हरेक गतिविधिमा सवै समुदायको सहभागितामा वडा नम्वर ८ का कार्यहरु अगाडि वढेको वडा अध्यक्ष महतोले वताउनु भयो । मध्यविन्दु नगरपालिकाको आयोजना एवम् दलित समन्वय समिति मध्यविन्दु ८ को संयोजनमा सञ्चालित नेतृत्व विकाश एवम् उद्घोषण कला तालिममा करिव ४० जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण पत्रकार बिष्णु गौडेलले गर्नु हुने दलित समन्वय समितिका अध्यक्ष जीवन रामदामले जानकारी दिनु भयो ।