सञ्चार सेवा नपुगेको हुप्सेकोट गाउँपालिका वडा नम्वर ५ मा नेपाल टेलिकमको सेवा सुरु भएको छ । हुप्सेकोट गाउँपालिकाको विकट पहाडि क्षेत्र पोखरिमा नेपाल टेलिकमको फोर जी क्षेमताको टावर वाट सेवा सुरु गरिएको हो । नेपाल टेलिकमको सेवा एक औपचारीक कार्यक्रमका विच हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले उद्घाटन गर्नु भएको हो । अहिले सम्म पनि मोवाइल सेवा नपाएका पहाडि क्षेत्रमा गाउँपालिकाको विशेष पहलमा नेपाल टेलिकमको टावर स्थापना गरि सेवा सुरु भएको गाउँपालिका अध्यक्ष पाण्डेले वताउनु भएको छ । हुप्सेकोट गाउँपालिकाको वडा नम्वर ५ मा टेलिकमको टावर सञ्चालनमा आए संगै अहिले सो क्षेत्रमा फोरजी इन्टरनेट सहितको सेवा सुरु भएको नेपाल टेलिकम कावासोतीले शाखाले जनाएको छ ।