नेपाली कांग्रेस नवलपुरले घर–घर जाउ कांग्रेस जिताउ अभियानको सोमबार देखि सुरुवात गरेको छ ।
कार्यक्रममा बोल्दै कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डाक्टर शशांक कोइरालाले ‘एक महिने अभियानले पार्टीलाई बलियो बनाउँने हुदा अब एकजुट भएर निर्वाचनमा लाग्नु पर्नै बताउनु भयो । उहाले नेपाली कांग्रेसले गाउँ अभियानमा केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै हाम्रो सरकारको पालामा भएका राम्रा कामको जानकारी गराउन पर्नेमा जोड दिनु भयोे ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले अभियानमा जिल्लाका सबै पालिकामा एक जनालाई जिम्मेवारी दिइएको हुँदा स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले छुट्टै रणनीति तय गर्ने वताउनु भयो । टोलीले घरदैलो अभियानमार्फत जनताका अति आवश्यक समस्या तथा गुनासो लिएर समेत आउने र प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकार ले कार्य गर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नवलपुरमा खटाईएका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले स्थानीय तहमा कांग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक वडा र टोल टोलमा पुग्ने गरी जिल्ला भरी नै घरघर जाऔं काँग्रेस जिताऔं ‘जनता सँग नेपाली कांग्रेस’ अभियान सञ्चालन गरिएको बताउनु भयो । साथै उहाले नवलपुरमा कटिबद्ध भएर यस अभियानमा लाग्ने बताउनु भयो ।
नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसीले पाटी भित्रको गुट उपगुट र अन्तरघात त्याग्न आग्रह गनुृ भयो । उहाँले अभियानमा जनताको विश्वास जितेर आउँदो चुनावमा कांग्रेसलाई जिताउने र सबै नेता, कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने गरी लाग्न आग्रह गनुृभयो ।
यसैविच नेपाली कांग्रेस नवलपुरको नव निर्वाचित जिल्ला कार्यसमितिको पद हस्तान्तरण गरिएको छ । चौधौँ अधिवेशनबाट निर्वाचित सभापति महेन्द्रध्वज जिसीलाइ पूर्व सभापति विष्णु लामिछानेले माइनट हस्तान्तरण गर्नु भएको थियो । साथै कार्यक्रममा पदाधिकारी सहित कार्यसमिति र महासमिति सदस्यहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, अभियानका लागि नवलपुरमा खटाईएका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ लगाएतकाको उपस्थितिमा पदहस्तान्तरण गरिएको नवलपुरका नव निर्वाचित सचिब होमराज रानाभाटले जानकारी दिनु भयो ।