२०८१ चैत्र १, शनिबार

निःशुल्क स्वास्थ्य शिविरबाट एक सय नब्वे लाभान्वीत

  • बिष्णु गौडेल
  • २०७८ फागुन २९, आईतबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक सय नब्वे लाभान्वीत

राधा क्यान्सर सचेतना फाउन्डेसनको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय नब्वे लाभान्वीत भएका छन् । हुप्सेकोट वडा नं ४ शंखदेवको शिक्षा बोधनी मावि मा भएको एक दिवसिय निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण र दन्त परिक्षण गरिएको थियो ।
स्वास्थ्य नै ठुलो धन भएकाले स्वास्थ्य रहनु आवश्यक रहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले बताउनु भएको छ । निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष पाण्डेले मानिस स्वस्थ रहेमा मात्र उसले राम्रो र उर्जाशिल कार्य गर्न सक्ने बताउनु भयो । स्थानीय स्तरमा निशुल्क स्वास्थ्य परिक्षण गर्नु सरानिय कार्य रहेको हुदा राधा क्यान्सर सचेतना फाउन्डेसन प्रति आभार प्रकट गर्दै आगामि दिनमा सामाजिक कार्यमा गाउपालिकाले सहकार्य गर्ने बताउनु भयो ।
त्यस्तै उहाले जो व्यतिm सामाजिक कार्यमा तत्पर रहेर कार्य गयो उहि अकालमा ज्यान गुमान पुगेकाले समाजमा रोग लागेपछि भन्दा रोग लाग्न नदिन जनचेतनाको स्तरलाइ बढाउन टेवा पुग्ने भएकाले यसप्रति लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा शिक्षा बोधनी मावि का विधालय व्यवस्थापन समितिका अध्यक्ष स्याम प्रसाद भुर्तेलले आफ्नो विधालयले पढाइका अलवा सामाजिक कार्य गर्न अवसर प्रदान गरेको भन्दै जुनसुकै कार्यमा पनि आफु र विधालय परिवार तयार रहने बताउनु भयो । शिक्षा बोधनी माविमा मात्र नभइ हुप्सेकोट गाउपालिकाका सवै ठाउमा यस्ता कार्य गरिराख्नु पर्नैमा जोड दिनु भयो ।
स्थानीयको स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरूको स्वास्थ्यमा ध्यान पुगोस भन्ने उदेश्यले शिविर संचालन गरिएको राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश वस्यालले बताउनु भयो ।
स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर शिविर सञ्चालन गरेकोमा स्थानीय पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएकोमा महिलाहरू बढी खुसी देखिएका छन् । शिविरमा निशुल्क औषधि समेत दिइएको थियो ।
शिविरमा प्रसुतिरोग विशे र केशबराज भुर्तेल , बालरोग विशेषज्ञ डाक्टर सुमनराम श्रेष्ठ –स्त्रीरोग विशेषज्ञ डाक्टर रमेश पौडेल फिजिसियन डाक्टर प्रतिक न्यापाने ,संगम पौडेल ,विवेक रेग्मी मेडिकल अफिसर, डाक्टर दिपेन्द्र चापागाइ ,सुसिता अधिकारी ओम डन्टल चिरन तिवारी मौलाकालिका अस्पतालका सस्थापक लगाएतका चिकित्कसहरूले स्वास्थ्य परीक्षण गर्नु भएको थियो । शिविरमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले दन्त परिक्षण गर्नु भएको थियो ।
राधा क्यान्सर सचेतना फाउन्डेसनको आयोजना तथा श्री शिक्षा बोधनी मा।वि।शंखदेवको ब्यवस्थापन र मौलाकालिका अस्पताल चितवन र ओम डेन्टल कावासोतीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस