२०८१ फागुन ३०, शुक्रबार

मलेसियामा बाढीका कारण १४ जनाको ज्यान गयाे, ७० हजार बढी विस्थापित

  • बिष्णु गौडेल
  • २०७८ पौष ७, बुधबार
Post Thumbnail

काठमाडौं – मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।

बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ।

उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस