२०८१ चैत्र १, शनिबार

११ अर्ब डलर कर तिर्ने एलन मस्कको घोषणा

  • बिष्णु गौडेल
  • २०७८ पौष ६, मंगलबार
Post Thumbnail

काठमाडाैं – अमेरिकाको विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् ।कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।

यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राखेकी थिइन् । टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो ।

उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए । कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अरबपति मस्कले यो वर्षभर नै आलोचना खेपेका छन् ।

म्यागेजिनको छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भने । बीबीसी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस