२०८१ फागुन ३०, शुक्रबार

माईत हिडेका श्रीमान–श्रीमतीको भिरबाट लडेर मृत्यु

  • बिष्णु गौडेल
  • २०७८ पौष ४, आईतबार
माईत हिडेका श्रीमान–श्रीमतीको भिरबाट लडेर मृत्यु

गुल्मी – गुल्मीमा भीरबाट लडेर एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको माईत जाने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

मुसीकोट नगरपालिका वडा नम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक वनको गोरेटो बाटोबाट लडेर दुबैजना घाइते भएका थिए।

घाइते अवस्थामा भेटिएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएका थियो । उपचारको क्रममा दुबैजनाको अस्पतामा मृत्यु भएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस