२०८१ चैत्र २, आईतबार

तोलामा चार सयले घट्याे सुनको मूल्य

  • बिष्णु गौडेल
  • २०७८ पौष ४, आईतबार
Post Thumbnail

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस