२०८१ फागुन ३०, शुक्रबार

फ्रेन्च लिग वानको खेलमा पीएसजीको सहज जित

  • बिष्णु गौडेल
  • २०७८ मंसिर २७, सोमबार
फ्रेन्च लिग वानको खेलमा पीएसजीको सहज जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २-० को जित हात पारेको छ ।

खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले पहिलो गोल गर्दै टोलीलाई १-० गोल अन्तरको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै एमबाप्पेले दोस्रो गोल गरे ।

यससँगै लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले १७ खेलबाट ३२ अंक जोडेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस