२०८१ चैत्र ४, सोमबार

आजको मौसम: देशको केही भू-भागमा आंशिक बदली

  • बिष्णु गौडेल
  • २०७८ मंसिर २४, शुक्रबार
आजको मौसम: देशको केही भू-भागमा आंशिक बदली

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

शुक्रबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौंमा आज मौसममा बदली हुने छैन ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस