२०८१ चैत्र १, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

  • बिष्णु गौडेल
  • २०७८ मंसिर २२, बुधबार
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।  सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ ।

तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस