|SAINT PETERSBURG, RUSSIA - MARCH 16: (RUSSIA OUT) Russian President Vladimir Putin gestures during his meeting with health workers at the Almazov Medical National Research Centre on March 16, 2018 in Saint Petersburg, Russia. The 2018 Russian Presidential Elections will take place on March 18. (Photo by Mikhail Svetlov/Getty Images)
काठमाडाैं – रुसले कोरोना भाइरसविरुद्धको यस्तो भ्याक्सिन विकास गरेको छ जुन नाकभित्र दिइन्छ । नाकको दुवैतर्फको प्वालबाट तानिने पाउडर अवस्थाको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसबाट कुनै साइड एफेक्ट नदेखिएको भ्याक्सिन निर्माता कम्पनी गेमेलियाले जनाएको छ ।
गेमिलियाले रुसको स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर नाकभित्र हाल्ने भ्याक्सिनको दोश्रो चरणको क्लिनिकल टेष्ट गरिरहेको छ । यसैगरी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नाकभित्र हाल्ने कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण प्रयोग गरेका छन् ।
उनले भ्याक्लिन लगाएपछि कुनै अप्ठ्यारो महशुश नगरेको रुसी समाचार संस्था तासले उनले क्याबिनेट बैठकमा भनेको विषय उदृत गर्दै लेखेको छ । पाउडर अवस्थाको भ्याक्सिन पुटिनले नाकको दुवैतर्फको प्वालमा लिएको उल्लेख छ ।
पाउडर लिंदा गहिरो सास लिएको र १५ मिनेट आराम गरेको पुटिनले भनेको तासले लेखेको छ । पाउडर भ्याक्सिन लिएपछि पुटिनले भोलिपल्ट विहानै शारीरिक अभ्यास गरेको उल्लेख छ । एजेन्सी