२०८१ चैत्र १, शनिबार

जुवातास खेलिरहेकाे अवस्थामा १ लाख नगदसहित ८ जना पक्राउ

  • बिष्णु गौडेल
  • २०७८ मंसिर १, बुधबार
जुवातास खेलिरहेकाे अवस्थामा १ लाख नगदसहित ८ जना पक्राउ

कास्की – पोखरामा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा–४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीले संचालन गर्दै आएको खाजा घरमा जुवातास खेली रहेको अवस्थामा ८ जनालाई नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाजाघरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई ३ बुक तास र नगद १ लाख ४ हजार ३६० सहित पक्राउ गरीएको हो ।

पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस