२०८१ चैत्र १, शनिबार

ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक १४, आईतबार
ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु

ललितपुर – ललितपुर महानगरपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो चरणको निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर महानगपालिकाले दिन थालेको दावी गरेको छ ।

महानगरभित्रका ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई सो खोप दिने लक्ष्य रहेको बताइएको छ । पहिलोचरणमा ५ हजार ५ सय जनालाई खोप दिइने र दोस्रो चरणमा बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

सो खोप लगाएपछि निमोनियाबाट बच्न सकिने चिकित्सकहरुले जनाएका छन् । ललितपुर महानगरपलिकाको वडा नम्बर–१ बाट वितरण शुरु गरिएको खोप १७ गते सम्ममा सबै वडाबाट सम्म्पन्न गरिने उपमेयर गीता सत्यालले जानकारी दिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस