२०८१ चैत्र १, शनिबार

४ सय रुपैयाले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक १२, शुक्रबार
४ सय रुपैयाले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार

काठमाडौं – नेपालमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । यसै गरी आज चाँदी बिहीबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस