२०८१ चैत्र १, शनिबार

चितवनमा एमालेको १० औँ महाधिवेशन, १५ सयबढी प्रतिनिधि सहभागी हुने

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक ११, बिहिबार
Post Thumbnail

काठमाडाैं – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ।

ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीवार बसेको स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

यो निर्णयलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार भूगोल कमिटीबाट एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने छन् ।

बाँकी गैर-भूगोलबाट तीन सय ४० जना प्रतिनिधि छानिने छन् । एमालेको दशाैँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस