२०८१ फागुन ३०, शुक्रबार

नेप्सेमा दोहोरो अंकको वृद्धि

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक ११, बिहिबार
नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ । कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस