२०८१ फागुन ३०, शुक्रबार

बाढीकाे क्षति अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक ८, सोमबार
Post Thumbnail

काठमाडाैं – सरकारले बेमौसमी बाढी तथा डुबानबाट धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍काे बैठकले गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्यदलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्य, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण आचार्य र राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी छन्। सञ्चार मन्त्री खड्काका अनुसार, कार्यदलले तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनु पर्नेछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस