२०८१ फागुन ३०, शुक्रबार

जिबेश म्युजिकको सहकार्यमा आकाशको ‘नरिसाउन’ सार्वजनिक (भिडियाेसहित)

  • बिष्णु गौडेल
  • २०७८ आश्विन १९, मंगलबार
Post Thumbnail

काठमाडौं – जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको ‘नरिसाउन’ बोलको गीत सार्वजनिक भएको छ। गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहानसँगै आकाश मनगरको स्वर रहेको यस गीतलाई कुशल सिहंले एरेन्ज गरेका छन्।

सार्वजनिक उक्त गीतको भिडियोमा जिबेश सिहं गुरुङ,सोनिया महत,उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय रहेको छ भने यसको भिडियोलाई सियोन श्रेष्ठले निर्देशन एवम् कोरियोग्राफी गरेका छन् ।

उक्त गीतको छायांकन संगै सम्पादन पवन शुशलिङले गरेका हुन् भने निर्माण आकाश मनगरको रहेको छ। गीतको भिडियोलाई जिबेश म्युजिक नामक अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

भिडियाेः

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस