२०८१ फागुन ३०, शुक्रबार

उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण, असुरक्षा बढाएको अमेरिकाकाे दावी

  • बिष्णु गौडेल
  • २०७८ आश्विन १५, शुक्रबार
Post Thumbnail

काठमाडाैं – उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ ।

केही दिन पहिला पनि उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । अमेरिकी विदेश मन्त्री एन्टाेनी ब्लिङ्कनले मिसाइल परीक्षणले अस्थिरता र असुरक्षा बढाएको बताए ।

उ​त्तर कोरियाले भने आत्मरक्षाका लागि हतियार आवश्यक भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस