२०८१ चैत्र १, शनिबार

खोलाले तर्ने क्रममा बगाउँदा बेपत्ता भएकी बालिकाकाे शव फेला

  • बिष्णु गौडेल
  • २०७८ आश्विन १३, बुधबार
खोलाले तर्ने क्रममा बगाउँदा बेपत्ता भएकी बालिकाकाे शव फेला

मकवानपुर – राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका-८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका-८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस