२२ : १३ : ४४
२०८१ चैत्र ४, सोमबार

पहिरोका कारण नागढुङ्गा नाका ठप्प

  • बिष्णु गौडेल
  • २०७८ भाद्र १३, आईतबार
Post Thumbnail

काठमाडाैं – पहिरोका कारण काठमाडाैंसँगको मुख्य नाका नागढुङ्गा ठप्प भएको छ । नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा बिहान साढे ९ बजेदेखि यो नाका बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो सडक खण्ड दुईतर्फी नै बन्द छ । अहिले पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याइएको छ । नागढुङ्गा नाका भएर हरेक दिन हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।

लगातारको वर्षासँगै देशका विभिन्न सडकमा पहिरो गएको छ । यसले गर्दा यात्रुलाई सास्ती भएको छ । प्रहरीले सडकको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस