२०८१ चैत्र १, शनिबार

तालिबानले भारतीय वायु सेनाको विशेष विमानलाई काबुलबाट दिएन उड्न

  • बिष्णु गौडेल
  • २०७८ भाद्र ११, शुक्रबार
Post Thumbnail

काबुल अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएको छ ।

तालिबानको कब्जापछि असुरक्षित बनेका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो ।

भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा तालिबानले कम्तीमा १४० अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोकेका छन् । अध्यक्ष सिंहले काबुलबाट उनीहरूको उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय गरिरहेका छन् । एजेन्सी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस