काठमाडाैं – पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ ।
बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार, आफ्नो समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्दछन् ।
हामीले बालबालिकालाई उनीहरूले दैनिक जीवनमा मास्क कसरी लगाउनुपर्दछ भनेर मुख्य सुझावहरू प्राप्त गर्न युनिसेफका स्वास्थ्य विशेषज्ञ श्रीहरि दत्तसँग कुरा गरेका थियौं ।
मास्कले कसरी काम गर्दछ?
कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरू मार्फत फैलिन्छ । व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ । यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्दछ ।
मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ । मास्कले लगाउने व्यक्तिलाई सासको थोपाहरू लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्दछ ।
बालबालिकाले कहिले मास्क लगाउनुपर्दछ?
तपाईंको बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ । उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुरा प्रमुख हुन्छन् । दक्षिण एसियाभरि, केहि सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकताहरू निर्धारण गरेका छन् । तपाईंको स्थानीय निकायहरुको निर्देशहरूको बारेमा जानकारी लिनुहोस् ।
विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह छः ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिका
सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ ।केही देशहरूले धेरै साना बालबालिकाको लागि मास्क प्रयोगको बारेमा थप स्थानीय मार्गदर्शनहरु जारी गरेका छन् ।
उदाहरणको लागि, यदि बालबालिका कोही बिरामी भएकाहरुसँग भौतिक रूपबाट नजिक छन् भने । यदि तपाईंको ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु आवश्यक छ भने, उनीहरु सधैं तपाईंले सुपरिवेक्षण गर्न सक्ने गरि प्रत्यक्ष निगरानीमा भएको सुनिश्चित गर्नुहोस् ।
६ देखि ११ वर्षका बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भनेर निम्न आधारहरु मार्फत निर्णय गर्नुपर्दछः
मास्क लगाउने कारणले तपाईंको बालबालिकाको व्यक्तिगत सिकाइ र मनोवैज्ञानिक विकासमा हुन सक्ने सम्भावित प्रभावलाई पनि तपाईले विचार गर्नुपर्दछ । तपाईंको बालबालिकाका शिक्षकहरू वा चिकित्सा प्रदायकहरूसँग परामर्श गरेर यो विषयमा निर्णय लिनुहोस् ।
१२ वर्ष र माथिका बालबालिका
१२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ। यसको अर्थ यदि तपाईंको क्षेत्रमा कोभिड १९ व्यापक रुपमा फैलिएको छ भने उनीहरुले सबै सार्वजनिक स्थानहरुमा मास्क लगाउनु पर्दछ, रः
बालबालिकाले कुन बेला मास्क लगाउनुपर्दैन?
बालबालिकाले मास्क लगाउनुपर्दैन जबः
विभिन्न प्रकारका मास्कहरू र तपाईंको बालबालिकाले कुन लगाउनु पर्दछ
विभिन्न किसिमका मास्कहरू उपलब्ध छन् र कुन प्रकारको मास्क तपाईंको बालबालिकाले लगाउनुपर्दछ भनेर बुझ्नु महत्वपूर्ण छ।
कपडाको मास्कगैह्र चिकित्सकीय मास्कको रूपमा पनि चिनिने कपडाको मास्कहरू प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँदछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनको लागि, तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनु पर्दछ।
बालबालिकासहित धेरै व्यक्तिहरुलाई यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठन (WHO)सिफारिस गर्दछ ।
कपडाको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनु पर्दछ। यसरी धोएपछि, मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुक्न दिनुहोस् । कपडाको मास्क महँगो पर्न सक्दछ, तर तपाईं आफैले आफ्नै घरमा बनाउन सक्नुहुन्छ ।
मेडिकल मास्क
सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् ।
विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैल केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्ष भन्दा बढि उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन्।
यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको, वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनु पदर्छ ।
मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्दछ ।
धेरै मास्क वयस्कहरूको लागि डिजाइन गरिएका हुन्छन् र बालबालिकालाई ठीकसँग मिल्दैन। तपाईं आफ्नो बालबालिकाको लागि मास्क किन्दै वा बनाउँदै हुनुहुन्छ, भने, यी कुरा निश्चित गर्नुहोसः
मास्कको विषयमाः गर्न हुने
आफ्ना बालबालिकालाई मास्क लगाउँदा निरन्तर उनीहरूको हात धुन र अरूबाट टाढा बस्न सिकाउनुहोस्।
मास्कले मात्र कोभिड १९ को संक्रमण र प्रसारण रोक्ने छैन । मास्कको प्रयोगसँगै बच्ने अरु उपायहरुसंयुक्त रुपमा प्रयोग गरे पछि मात्र यो प्रभावकारी हुन्छ।
तपाईंको बालबालिकालाई मास्क लगाउँदा उनीहरुले निरन्तर पालना गर्नुपर्ने उपायबारे जानकारी भएको सुनिश्चित गर्नुहोस्ः
तपाईं बाहिर भएको समयमा मास्क भण्डार गर्न सकिने झोला साथमा राख्नुहोस् ।
यदि तपाईं र तपाईंको परिवारले मास्क खोल्ने र तथा दिनको समयमा पुनः प्रयोग गर्ने योजना बनाएको छ भने, तिनीहरूलाई भण्डार गर्न सफा र पुनः सिल गर्न मिल्ने झोला बोक्नुहोस्। यहाँ केहि सुझावहरू छनः
मास्कको विषयमाः गर्न नहुने
यी छ वटा साधारण गल्तीहरू नगर्नुहोस्:
तपाईंको बालबालिकालाई मानिसहरूले मास्क लगाउँदा बारम्बार गर्ने यी ६ वटा साधारण गल्तीहरू पहिचान गर्न सक्दछन् की सक्दैनन् भनेर सोध्नुहोस् । (उत्तर तल छन्)
एक जनाले लगाएको मास्क अर्कोले नलगाउनुहोस् ।
एक जनाले लगाएको मास्क अर्कोले लगाउँदा भाइरस सर्न सक्छ। तपाईंको बालबालिकासँग आफ्नै मास्क भएको र अरूसँग मास्क नसाटेकोे सुनिश्चित गर्नुहोस् ।
व्यायाम गर्दा मास्क नलगाउनुहोस् ।
बालबालिकाले (र वयस्कहरू) खेल्दा वा व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। पसिनाले मास्कलाई भिजाउन सक्छ र सास फेर्न गाह्रो हुनुका साथै कीटाणुहरूको वृद्धि सजिलो हुन्छ।
तपाईंका बालबालिकालाई घर वा बाहिरका लागि मास्कको आवश्यक नपर्ने गरि अरूबाट सुरक्षित शारीरिक दूरी कायम गर्न सकिने व्यायाम गर्नको लागि ठाउँ छनौट गर्नुहोस् ।
बालबालिकालाई मास्क लगाउन कसरी प्रोत्साहित गर्ने?
कोभिड १९ ले संसारभर नै तनाव, चिन्ता र कठिनाइ सिर्जना गरी पारिवारिक जीवनलाई उदास बनाएको छ। धेरै बालबालिकाको लागि मास्कले यस्तो भावनाहरुलाई थप्न सक्छ। विशेष गरी, ससाना बालबालिकाको लागि, मास्क लगाउनु अचम्म र रीस उठ्दो हुन सक्दछ।
तपाईंको परिवारमा मास्कलाई चिनाउन सहयोग पु¥याउने केहि उपायहरू तल उल्लेख गरिएका छन्ः