|People wait in line to get a coronavirus, Covid-19, vaccine at a vaccination center in Sokolniki Park in Moscow on July 2, 2021. - Russia on July 2, 2021, reported 679 coronavirus deaths, a record number of pandemic-related fatalities over a 24-four period for the fourth day in a row, a government tally showed. Russia, the fifth worst-hit country in the world, is battling a surging outbreak driven by the highly infectious Delta variant and worsened by a lagging vaccination drive. (Photo by Dimitar DILKOFF / AFP)
काठमाडौं – रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।
अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ ।
यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ । विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् । गएको २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ भने ७ सय ९६ जनाको ज्यान गएको छ ।