|CAMBRIDGE, MASSACHUSETTS - MAY 08: A view of Moderna headquarters on May 08, 2020 in Cambridge, Massachusetts. Moderna was given FDA approval to continue to phase 2 of Coronavirus (COVID-19) vaccine trials with 600 participants. (Photo by Maddie Meyer/Getty Images)
वासिङ्टन – अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।
यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी देखिएको हो । कम्पनीका अनुसार झण्डै चार हजार जनामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको छ । खोपको एक मात्रा मात्रै लगाएकाहरुमा भने प्रभावकारीता ९३ प्रतिशत मात्रै देखिएको छ ।
योसँगै अमेरिकाले यो उमेर समूहमा खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिने भएको छ । अमेरिकामा यस अघि १२ देखि १५ वर्षका उमेर समूहका लागि फाइजर खोपको अनुमति दिइएको थियो ।