२०८१ चैत्र १, शनिबार

ओलीद्वारा पूर्व प्रधानमन्त्री तथा पार्टी प्रमुख खनाल–नेपालसहित ११ नेता एमालेबाट निष्काशित

  • बिष्णु गौडेल
  • २०७८ जेष्ठ ११, मंगलबार
ओलीद्वारा पूर्व प्रधानमन्त्री तथा पार्टी प्रमुख खनाल–नेपालसहित ११ नेता एमालेबाट निष्काशित

|{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u092cu093fu091cu0941 u092eu0939u0930u094du091cu0928\/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौं – नेकपा (एमाले) ले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । वरिष्ठ नेताद्धय एमालेका पूर्व पार्टी प्रमुख र पूर्वप्रधानमन्त्री हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रधानमन्त्रीका प्रवत्ता प्रदीप प्रदीप ज्ञवाली बताए ।

बैठकले खनाल र नेपाल सहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी र निरादेवी जैरुलाई पार्टीबाट निष्काशन गरेको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, उनीहरुले स्पष्टीकरण जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

बैठकले कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर गर्ने अरू थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले आइतबार हस्ताक्षर गरेका छन्। तर आइतबार देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले भने हस्ताक्षर गरेनन् ।

बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय पनि गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस