२०८१ फागुन ३०, शुक्रबार

तेस्रो पटक प्रधानमन्त्रीमा ओली नियुक्त, आज शपथ लिँदै

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ३१, शुक्रबार
तेस्रो पटक प्रधानमन्त्रीमा ओली  नियुक्त, आज शपथ लिँदै

काठमाडाैं – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिँदै छन् । उनी बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानकाे धारा ७६ को उपधारा (३)अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

बिहीबार नै ओली र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । यो वार्ता सकारात्मक भएसँगै प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका हुन् । ओली ४२औं प्रधामन्त्रीमा तेस्रो पटक नियुक्त भएका हुन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस