२०८१ फागुन ३०, शुक्रबार

कोरोनाको भारतीय भेरियन्ट विश्वमै खतरनाक, सचेत रहन डब्लुएचओको आग्रह

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २८, मंगलबार
कोरोनाको भारतीय भेरियन्ट विश्वमै खतरनाक, सचेत रहन डब्लुएचओको आग्रह

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बारे विश्वलाई सर्तक रहन चेतावनी दिएको छ ।

डब्लुएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसले चिन्ताजनक अवस्थामा पुर्याउने उल्लेख गरेकी छन् । उनले आधिकारिक रुपमा डब्लुएचले यो भेरियन्ट वैश्विक स्तरमा चिन्ता गर्ने भेरियन्ट भएको घोषणा गरेकी छन् ।

डब्लुएचओले यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्य तिर भारतमा पहिलो पटक पत्ता लागेको बताउदै यसको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको बताएको छ ।

मारियाले यस भेरियन्ट बारे विस्तृत विवरण मंगलबार उपलब्ध हुने बताएकी छन् । यो भेरीयन्ट अहिले विश्वका कैयौं देशमा फैलिसकेको छ भने विश्वका कैयौं देशले भारतसँगको हवाई उडान बन्द गरेका छन् ।

डब्लुएचले भारतमा कोरोनाको दोस्रो लहरपछिको संकटमा सहयोग गर्न टुगेदर फर इण्डिया नामक अभियान शुरु गर्ने बताउदै यस अभियानबाट भारतमा अक्सिजन औषधि, स्वास्थ्यकर्मी र सुरक्षा सामग्री किन्न फण्ड जुटाइने बताइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस