२०८१ फागुन ३०, शुक्रबार

कैदीबन्दीसँगको भेटघाट बन्द, कोरोना परीक्षण नगरी कैदीबन्दी थप्न रोक

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २६, आईतबार
कैदीबन्दीसँगको भेटघाट बन्द, कोरोना परीक्षण नगरी कैदीबन्दी थप्न रोक

डोटी – जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए ।

उनले भने, ‘जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्न सक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हामीले भेटघाट बन्द गरेका छौँ ।’

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ ।

कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ । कारागारमा विभिन्न मुद्दाका दुई महिला र ४६ पुरुषसहित ४८ कैदीबन्दीलाई राखिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस