२०८१ फागुन ३०, शुक्रबार

नेप्से सूचक १.९४ अंकले बढेर २६ सय ५४.६९ को बिन्दुमा

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २१, मंगलबार
नेप्से सूचक १.९४ अंकले बढेर २६ सय ५४.६९ को बिन्दुमा

काठमाडौं – साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक झिनो अंकले बढेको छ । आज नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ को बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रि हुदाँ ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज समता घरेलु लघुवित्त, महिला लघुवित्त, विशाल बजार कम्पनी लगायत ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ट्रेडिङ, हाइड्रोपावर लगायत ६ ओटाको समुहगत सुचक बढेको छ भने बैंकिङ्, होटेल र पर्यटन लगायत ७ ओटाको समुहगत सुचक घटेको छ । सबैभन्दा बढि सुचक बढ्नेमा माईक्रो फाईनान्स क्षेत्रको २।५६ प्रतिशत रहेको छ भने घट्नेमा होटेल र पर्यटन क्षेत्रको १।०६ प्रतिशत रहेको छ ।

त्यस्तै आज एनसीसी बैंकको सर्वाधिक बढि २३ करोड ९ लाख, अरुण काबेली पावरको २१ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस