२०८१ चैत्र १, शनिबार

आन्तरिक आजदेखि उडान बन्द, बुधबारदेखि अन्तर्राष्ट्रिय पनि राकिने

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २०, सोमबार
आन्तरिक आजदेखि उडान बन्द, बुधबारदेखि अन्तर्राष्ट्रिय पनि राकिने

काठमाडौं – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।

सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ । यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो ।

सरकारले निषेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो । सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस