२०८१ फागुन ३०, शुक्रबार

निषेधाज्ञामा बैंकको ग्राहक समन्वयकर्ता सेवा सुरु

  • बिष्णु गौडेल
  • २०७८ बैशाख १९, आईतबार
निषेधाज्ञामा बैंकको ग्राहक समन्वयकर्ता सेवा सुरु

काठमाडौं – महालक्ष्मी विकास बैंकले आफ्ना १०३ वटा शाखाबाट सेवा लिइरहेका ग्राहकलाई निषेधाज्ञा अवधिभर बैंकिङ कारोबार सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकर्ता’ सेवा सुरु गरेको छ ।

समन्वयकर्ताले बैंकिङ सेवासम्बन्धी ग्राहकको कुनै पनि जिज्ञासा तथा गुनासालाई सम्बन्धित शाखासँग समन्वय गरी यथाशीघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए ।

कोरोना महामारीमा संक्रमण फैलिन नदिन डिजिटल बैंकिङअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा कनेक्ट आईपीएसजस्ता सुविधा प्रयोग गरी सुरक्षित रहन पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस