२०८१ फागुन ३०, शुक्रबार

भोली देखी निषेधाज्ञामा कडाइ, उल्लंघन गरे कानूनी कारवाही

  • बिष्णु गौडेल
  • २०७८ बैशाख १६, बिहिबार
भोली देखी निषेधाज्ञामा कडाइ, उल्लंघन गरे कानूनी कारवाही

|sf]/f]gf /f]usf ;+qmldtx? w]/} b]lvg yfn]kl5 g]kfn ;/sf/n] j};fv !^ b]lv @ xKtf ;Dd sf7df8f}+ pkTosfdf ns8fpg 3f]if0ff u/]kl5 ;'g;fg Go""/f]8 u]6 . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडाैं – दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोक्न भन्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहानबाट लागू भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप १० जिल्ला दुई सयभन्दा बढी सङ्क्रमित छन् ।

यस्तै गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाही गरीने समेत मन्त्रालयले बताएको छ । नेपाल प्रहरीका अनुसार हाल १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ ।

सङ्क्रमणको दर निषेधाज्ञाको कत्तिको प्रभावकारी कार्यान्वयन हुन्छ भन्ने कुरामा निर्भर गर्ने जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरूले बताएका छन् । स्थानीय प्रशासनहरूले शुरुमा एक साताका लागि निषेधाज्ञा जारी गरिए पनि फेरि थपिने स्पष्ट सङ्केत दिएका छन् ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललिलकुमार बस्नेतले एकैचोटि १५ दिनका लागि निषेधाज्ञा जारी गर्दा नागरिक प्यानिक हुने अवस्था आउनसक्ने भएकोले शुरुमा सात दिनका लागि गरिएको जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस