२०८१ चैत्र १, शनिबार

भारतमा काेराेना महामारी नियन्त्रण बाहिर, एकै दिनमा २ हजार बढीकाे मृत्यु

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ८, बुधबार
भारतमा काेराेना महामारी नियन्त्रण बाहिर, एकै दिनमा २ हजार बढीकाे मृत्यु

नयाँदिल्ली – छिमेकी मुलुक भारतमा काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर तीव्र रुपमा फैलिएकाे छ। काेराेना संक्रमण बढ्न थालेपछि केन्द्रीय राजधानीसमेत रहेकाे दिल्ली राज्यमा लकडाउन जारी भइसकेकाे छ ।

कयाैं राज्यका सहरमा प्रतिबन्धात्मक आदेश जारी भएकाे छ। भारतमा खाेप अभियानलाई पनि तीव्र बनाइएकाे छ। तर, संक्रमणदर झनझन बढिरहेकाे छ।

गएको २४ घण्टामा मात्र २ लाख ९४ हजार २ सय ९० जनामा सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन्।

भारतमा २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ। भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ। स्वास्थ्य विज्ञहरुले भारतमा काेराेना संक्रमण नियन्त्रणबाहिर गएकाे बताएका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस