२०८१ फागुन ३०, शुक्रबार

मालीमा जिहादी समूह र शिकारीबीच झडप, ४० जनाको मृत्यु

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ७, मंगलबार
मालीमा जिहादी समूह र शिकारीबीच झडप, ४० जनाको मृत्यु

|Fighters from the Al Qaeda-linked Islamist group MUJWA, who are travelling with a convoy including Burkina Faso foreign minister Djibril Bassole, stand guard in Gao, northern Mali, August 7, 2012. Bassole, the lead mediator in regional efforts to end unrest in Mali, told rebels there that they had to cut ties to "terrorist movements" like al Qaeda before any peace talks could begin, when he travelled to the rebel-held north for the first time on Tuesday. Picture taken August 7, 2012. REUTERS/Stringer (MALI - Tags: POLITICS CIVIL UNREST)

काठमाडौं – मालीमा दुई पक्ष बीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत जिहादी समूह र परम्परागत शिकारीहरूबीच झडप हुँदा दुबै पक्षका गरी ४० जनाको मृत्यु भएको हो ।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । हिंसात्मक झडपका कारण झण्डै एक हजार स्थानीय विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानीय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ ।

दुई पक्षका एक–एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरूबीच बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् । एजेन्सी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस